कोरोना भाइरसको कहरको अन्त्यको टुङ्गो लागेको छैन। दिनप्रतिदिन संक्रमितको संख्या र मृतकको संख्या बढ्दै गैरहेको छ । चीनको वुहानबाट सुरु भएर विश्वभर नै संक्रमण देखिएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर गरेर कोरोना विरामीको संख्या ९० लाख नाघेको छ । मृतकको संख्या मात्रै ४ लाख ७१ हजार भन्दा बढी पुगेको छ । विश्वविद्यालयका सेन्टर फर सिस्टम साइन्स एण्ड इन्जिनियरिङ्ग (सीएसएसई) ले मंगलबार विहानसम्ममा विश्वभर गरेर ९० लाख ७३ हजार ३ सय बढी संक्रमितको संख्या पुगेको जनाएको हो । सबैभन्दा बढी प्रभाव परेको राष्ट्र अमेरिकामा मात्रै २३ लाख भन्दा बढी संक्रमणको केस र ज्यान गुमाउनेको संख्या १ लाख २० हजार भन्दा बढी रहेको छ ।
एजेन्सी