रूसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई शर्त उलंघन गरेको आरोपमा साढे तीन वर्ष जेल सजाय

रूसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको सजाय तोकेको छ ।

मस्कोको एक अदालतले नाभाल्नीलाई यस अघिको पेरोलको शर्त उलंघन गरेको आरोपमा साढे तीन वर्ष जेल सजाय तोकेको बिबिसीले जनाएको छ।

नाभाल्नीलाई यसअघि आपराधिक मामिलामा गिरफ्तारपछि उनलाई पेरोलमा छोडिएको थियो। अघिल्लो महिना जर्मनीबाट रुस फर्किएका नाभाल्नीलाई विमानस्थलबाट नै पक्राउ गरिएको थियो।

नाभाल्नी रसिया फर्किन साथ पुटिन विरोधी प्रदर्शन बढेको थियो। अहिले पनि रुसका कैयौं ठाउमा पुटिनको विरोधमा प्रदर्शन जारी रहेका छन्।

अदालतमा नाभाल्नीले पुटिनलाई विष खुवाउने मान्छे भनेका छन्। ​ नाभाल्नीले पुटिनको पर्दाफास गर्दै जारी गरेको एक भिडियो समेत अहिले चर्चामा रहेको छ।

नाभाल्नीलाई गतवर्षको अगष्टमा नर्भ एजेन्ट विष दिएर विमानमै मार्ने प्रयास गरिएको थियो। त्यसपछि उनलाई उपचारको लागि जर्मनी लगिएको थियो। नाभाल्नीले उनको पुटिन विरोधी अवाज बन्द गर्नको लागि यो सबै गरिएको बताएका छन्।