के हावाबाट सर्छ र कोरोना ?

विश्वप्रसिद्ध जर्नल द ल्यान्सेटमा प्रकाशित एक अध्ययनअनुसार कोरोनाको संक्रमण हावाको माध्यमबाट समेत हुन सक्ने भन्दै वैज्ञानिकहरूले रोचक तथ्यको खुलासा गरेका छन। कोभिड—१९ को संक्रमणबाट जोगिन हालसम्म भौतिक दूरी कायम गर्नुपर्ने, मास्क लगाउनुपर्ने तथा साबुनपानीले हात धुनुपर्ने आदि विश्वव्यापी जनस्वास्थ्यका मापदण्डहरू अवलम्बन गरिँदै छन्।

कोरोना भाइरसको बढ्दो संक्रमणबीच भर्खरै वैज्ञानिकहरूले विश्वमा नै तरंग ल्याउने तथ्यको पर्दाफास गरेका छन। कोरोना भाइरस थुकको छिटाहरूबाट नभएर हावामा रहेको मसिना कणहरूबाट सर्ने समेत तथ्य पत्ता लागेको छ। गत वर्ष नै जुलाईमा न्युयोर्क टाइम्सले ३२ देशका २ सय ३९ वैज्ञानिकहरूको रिसर्चमा आधारित रहेर कोरोना भाइरस हावामा रहेको मसिना कणहरूमा घण्टौंसम्म रहन सक्ने समाचार प्रकाशित गरेको थियो। यद्यपि २ सय ३९ वैज्ञानिकहरूको रिसर्चमा आधारित तथ्यलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको थिएन। विश्व स्वाथ्य संगठनले हावाबाट नभएर थुकको छिटाहरू र ५ माइक्रोनभन्दा सानो ड्रपलेट्सबाट मात्र एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको भाइरस सर्ने बताएको थियो।
ल्यान्सेटको यस नयाँ अनुसन्धानले प्रमुख १० कारणहरू पेस गर्दै हावाबाट कोरोनाको भाइरस फैलने दाबी गरेका छन। अध्ययनअनुसार हावामा रहेका मसिना कणबाट भाइरस फैलने,

लक्षण नभएका संक्रमितबाट अन्य व्यक्तिहरूमा तीब्र रूपमा संक्रमण फैलिएको, खुला स्थानभन्दा बन्दकोठा जहाँ पर्याप्त हावाको दोहोरो आदानप्रदान हँसदैन त्यहाँ धेरै संक्रमण फैलने बताइएको छ। अस्पतालमा थुकको छिटाको माध्यमबाट कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीहरूले सुरक्षाकवच ९पीपीई० लगाएता पनि उनीहरूमा कोरोनको संक्रमण फैलनुमा हावामा रहेको मसिना कणहरूबाट नै उनीहरूमा कोरोना सरेको तथ्य पेस गरिएको छ।

नयाँ अनुसन्धानअनुसार संक्रमित बसेको कोठामा रहेको हावाबाट लिएको नमुना परीक्षण गर्दा कोरोना भाइरस पत्ताा लागेको छ।
अध्ययनले संक्रमित बसेको कोठामा रहेको हावाबाट लिएको नमुनाबाट टेस्ट गर्दा कोरोनाको भाइरस संक्रमित व्यक्तिमा रहेको हावाको नमुनाबाट टेस्ट गर्दा समेत कोरोनाको भाइरस पत्ता लागेको गहन तथ्य पत्ता लागेको छ। साथै कोरोनाको उपचारको लागि अस्पतालको एअर फिल्टर र धुलोको कणमा समेत कोरोना भाइरस रहेको रोचक तथ्य अध्ययनले पत्ता लगाएको छ। साथै विभिन्न जनावारहरूमा समेत मसिना कणको माध्यमबाट कोरोनाको संक्रमण फैलिएको अध्ययनले दाबी गरेको छ।

अन्त्यमा उक्त रिभ्यु आर्टिकलले भनेको छ कि संसारमा कुनै अध्ययनहरू छैनन् जसले हावाबाट कोरोनाको भाइरस फैलिन सक्दैन भनेर अहिलेसम्म तथ्य पेस गर्न सकेका छन्। साथै अहिलेसम्मको अन्तर्राष्ट्रिय अध्ययनहरूले समेत थुकको छिटाबाट कोरोना भाइरस फैलिएको ठोस तथ्य पेस गर्न सकेका छैनन्।
अबको जनस्वास्थ्यको नयाँ मापदण्ड के रु

विश्वप्रसिद्ध जर्नल द ल्यान्सेटमा प्रकाशित वैज्ञानिकहरूको यस अध्ययनलाई आधार मान्ने हो भने अब विश्व स्वास्थ्य संगठन लगायत प्रमुख स्वास्थ्यका निकायहरूले कोरोनाको संक्रमणबाट जोगिन भौतिक दूरी, मास्कको प्रयोग तथा साबुनपानीले हात धुने आदि जनस्वास्थ्यका विद्यमान मापदण्डहरूमा मात्र सीमित भएर कोभिड—१९ को संक्रमणबाट जोगिन नसकिने देखिन्छ। यस अध्ययनलाई आधार मान्दा कोरोनाको संक्रमणबाट जोगिन वर्तमान जनस्वास्थ्यका नियमहरूको पालना सँगै थप नयाँनयाँ जनस्वास्थ्यका मापदण्डहरू तय गर्दै लागू गर्न विश्व स्वास्थ्य संगठन, सेन्टर फर डिजिज कन्ट्रोललगायतका विश्वका अग्रणी स्वास्थ्य निकायहरूलाई चुनौतीपूर्ण रहेको देखिन्छ ।

यस अध्ययनलाई आधारमान्दा भेन्टिलेसन राम्रो नभएको बन्द कोठामा कोरोनाको संक्रमण तीव्र हुने जोखिम रहेको हुँदा विद्यालयको बन्दकोठामा धेरै विद्यार्थीहरू राखेर पठनपाठन गराउँदा बालबलिकामा कोरोनाको संक्रमण तीव्र हुने सम्भावना देखिएको छ। आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनको निर्माण गर्दा प्रर्याप्त मात्रामा हावा ओहोरदोहोर हुनुपर्ने साथै अस्पतालको कोभिड— १९ का बिरामी बस्ने वार्डमा पर्याप्त भेन्टिलेसन हुनुपर्ने देखिन्छ।

खासगरी संक्रमित व्यक्तिहरू रहेको हावाको वरपरको वातावरणमा कोरोनाको भाइरस मसिना कणहरूमा रहने हुँदा संक्रमितको नजिकैको वातारणबाट हुन सक्ने संक्रमणको सम्भावनालाई रोकथाम गर्न जनस्वास्थ्यका नयाँनयाँ मापदण्डहरू तय गर्दै लागू गर्नुपर्ने आवश्यकता रहेको भन्दै वैज्ञानिकहरूले सुझावसमेत पेस गरेका छन्।

# अन्नपुर्ण पोस्ट बाट