कविता
गर्भाशयका भित्तामा
प्रश्नपत्र टाँगिएका छन्।
र म परीक्षमा सामेल छु ।
किनकि,
योनीधारीलाई परीक्षा अनिवार्य सर्त हो।
र भूगोलको एक नियम पनि।
कहिले अन्त्य हुन्छ योनी माथिको लगाम ?
अनि म निसर्त जन्मन पाउँछु यो धर्तीमा ।
आगो उस्तै बलेको छ।
बतास उस्तै चलेको छ।
तर,
गर्भिणी आमाभित्र
हुर्किएको रगतको पिण्ड
क्षणभरमा बुद्धको पथमा लीन हुँदैछ ।
किनकि उसँग योनी छ ।
छोरीले ठूलो स्वरमा बोल्नु हुँदैन।
हाँस्नु हुँदैन।
राति घर बाहिर हिँड्नु हुँदैन।
नम्र हुनुपर्छ।
लजाउनुपर्छ।
सुशील र शालिन हुनुपर्छ।
समाजको यो ुचेकलिष्टु
कहिले सम्म मानिरहुँ म ?
दष्मज बिद दयह बम छ
मेरो आजादी माथिको
एकल स्वामित्व
मेरो स्वाधिनता
याद गर….यो मेरै हो।
कालो कपाल
नीला बदामी आँखा
पोटिला नितम्ब
पुष्ट स्तन
गोरा पिँडुला
यस्तै केही यौनिक मानक…
जसले म मा उत्तेजना ल्याओस्
मलाई पनि तिमीलाई जस्तै उत्तेजित हुन मन छ।
जिब्रो पड्काउँदै
सिट्ठी बजाउँदै
आँखा झिम्क्याउँदै ।
सप्रमाण प्रेषित हुनुछ मैले
एक लुङ्ग पोते
एक चिम्टी सिन्दुर
र छिनछिन बज्ने काँचका चुराको साथमा
किनकि मेरो विवाह भएको छ।
नत्र तिम्रो वैदिक विधानले
मलाई अवैधानिक बधु ठहर गरिदिन्छ।
के साँच्चै योनी
ुमिथु उत्पादन गर्ने ुकारखानाु हो ? setopati.com